२८ आश्विन २०८३, बुधबार

थाइल्यान्डका पूर्व प्रधानमन्त्री हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yingluck Shinawatraबैङकक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई मुलुकका सैनिक सरकारका नेताहरूले हिरासतमा लिएको उनका दलका एक सूत्रले शनिबार बताएका छन् । यसबीच सेनाले सरकार बर्खास्त गरेपछि आमसञ्चारलाई सम्बोधन गर्ने तयारी गरिरहेको छ । सेनाको यस पाइलालाई विश्वव्यापी रूपमा आलोचना गरिएको छ ।

यिङलक तथा उनको पुए थाइ पार्टीको हाल बर्खास्त भएको सरकारका प्रमुख व्यक्तिहरूलाई शुक्रबार प्रहरीले उपस्थितिका लागि आदेश दिएपछि उनीहरूको अवस्थाका बारेमा थाहा हुनसकेको छैन । हाल सेनाले मुलुकको प्रशासनमा आफ्नो नियन्त्रण बलियो बनाएको छ ।

यिङलक शुक्रबार प्रहरीकहाँ जानुभएको र उहालाई हिरासतमा लिइएको पुष्टि भएको ती स्रोतले बताए । यी स्रोत यिङलकको सरकारमा रहेका थिए र उनी प्रहरीकहाँ जानुहुँदा उनका साथमा थिए ।

यी स्रोतले हाल यिङलकलाई कहाँ राखिएको छ भन्ने आफूलाई थाहा नभएको बताए ।

थाइल्यान्डमा हाल देखिएको राजनीतिक उथलपुथलको यो पछिल्लो घटनाक्रम हो । सेना प्रमुख प्रायुत चान–ओ–चाले बिहीबार नागरिक सरकारलाई बर्खास्त गर्नुभएको थियो र उहाँले विवाद अन्त्य गर्न आफूले यो पाइला लिएको बताए ।

अमेरिकाले थाइल्यान्डमा नागरिक शासन पुनस्र्थापना गर्न माग गरेको छ र उसले थाइल्यान्डलाई दिने भनिएको ३५ लाख अमेरिकी डलर बारबारको सैनिक सहयोग स्थगन गरेको छ । यो अमेरिकाले थाइल्यान्डलाई दिने भनिएको सहयोगको एक तिहाइ भाग हो ।

नयाँ शासनमा नागरिक स्वतन्त्रता व्यापक रूपमा कटौती भएको छ र संविधानको प्रायः भाग स्थगन गरिएको र रात्रिकालीन कफ्र्यु लागु गरिएको छ ।

शुक्रबार राति सैनिक शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई सेनाले नियन्त्रण गरेको छ ।
युरोप, जापान तथा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले नागरिक नियन्त्रण पुनस्र्थापना गर्न आग्रह गरेका छन् ।

यसबीच सेनाद्वारा बर्खास्त सरकारका नेताहरू तथा प्रमुख राजनीतिक व्यक्तिहरूलाई एक सातासम्म हिरासतमा राख्न सकिने जानकारी सेनाले शनिबार दिएको छ ।

सेनाका प्रवक्ता कर्णेल विनथाइ सुभरीले एक पत्रकार सम्मेलनमा यी व्यक्तित्वलाई एक सातासम्म हिरासतमा राखिने बताए ।एएफपी