२८ आश्विन २०८३, बुधबार

चौधरीको आमरण अनशन टुंगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिवास । जलेश्वरको महेन्द्रचोकमा पछिल्ला आठ दिनदेखि हुँदै आएको देवेन्द्र चौधरीको अनशन शुक्रबार अबेर साँझ टुंगिएको छ ।

जलेश्वर–१३ का बासिन्दा चौधरीका छ सूत्रीय मागप्रति जिल्ला प्रशासनले सकारात्मक प्रतिबद्धता जनाएपछि अनशन टुङ्गिएको हो ।

गत जेठ २ गते शुक्रबारका दिन भ्रष्टाचारविरुद्ध कडा कारबाहीको मागसहित छ सूत्रीय माग राख्दै अनशन थाल्नुभएका उहाँको मागबारे प्रमुख जिल्ला अधिकारी रवीलाल पन्तले सकारात्मक प्रतिबद्धता जनाउनु भएपछि अनशन समापन गरेको चौधरीले बताउनुभयो ।