२८ आश्विन २०८३, बुधबार

प्रहरी असईले नै लुटे दुई किलो सुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

वीरगन्ज । पर्सा प्रहरीले तस्करको सुन लुटेको आरोपमा एक प्रहरी अधिकृतलाई नै हिरासतमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक जटाशंकरप्रसाद गुप्तालाई लुटिएको दुई केजी सुनसहित वीरगन्जको रानीघाटबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताउनुभयो । प्रहरी सहायक निरीक्षक गुप्ता वीरगन्जको रानीघाटका स्थायीयवासी हुन् ।

तीन दिन पहिले एक भारतीय तस्करले लिएर जाँदै गरेको दुई केजी अवैध सुन प्रहरी सहायक निरीक्षक गुप्ताले वीरगन्जको मेनरोडमा रहेको ट्याम्पु स्टेन्ड नजिकैबाट नियन्त्रणमा लिएर तस्करलाई छाडेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई वीरगन्जको रानीघाटबाट पक्राउ गरिएको हो ।

लुटिएको सुनसहित पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।