काठमाडौं । थाइल्याण्डको बैंककमा स्वास्थ्य उपचार गराइरहेका नेकपा एमालेका नेता केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ ।
नेता ओलीको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । एक सातासम्म चिकित्सकले निगरानीमै राख्ने बताएकाले उहाँ अर्को साता काठमाडौं फर्कने बताइएको छ ।
अहिले नेता ओली पूर्ण रुपमा स्वस्थ भइसक्नुभएको उहाँको सचिवालयले बताएको छ ।
यता, काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएका नेकपा एमालेका महासचिव इश्वर पोखरेलको स्वास्थ्यमा पनि सुधार आएको छ ।
महाधिवेशनको दौडधुपमा रहेका कारण उहाँ बिरामी पर्नुभएको हो । युरिनरीको समस्याका कारण तीन दिन देखि अस्पताल भर्ना हुनुभएका पोखरेलको स्वास्थ्यमा सुधार देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । महासचिव पोखरेललाई भेट्न कार्यकर्ताहरुको घुइँचो लाग्ने भएको छ ।
महासचिव पोखरेललाई आइतबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
(फाइल फोटो)














प्रतिक्रिया