२८ आश्विन २०८३, बुधबार

स्वास्थ्यका कारण राजीनामा दिन लागेको हुँः थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya_bahadur_thapaकाठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पदत्यागको घोषणा गरेका छन् ।

काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले पद त्यागको घोषणा गरेका हुन् । उनले पार्टीका विधान र पद्धति अनुसार पदत्याग गर्ने बताए ।

उनले जेठ १८ गते पछि मात्रै अध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् । ‘जेठ १५ गते राप्रपाको स्थापना दिवस परेको छ,’ उनले भने, ‘जलपानमा मेरो नाम राखेर कार्ड वितरण भएकालेले जेठ १८ पछि राजीनामा दिन्छु । मेरो स्वास्थ्यले पनि राजीनामा दिन लागेको हुँ ।’

उनले राजीनामा दिने बताए पनि अबको अध्यक्ष को हुने हो भन्ने बारेमा केही बताएनन् । उनले अध्यक्षको जिम्मेवारी पार्टी केन्द्रीय समितिले निर्णय गरेर दिने बताए ।

राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भए पछि गत वर्ष जेठ ७ गते थापा अध्यक्ष भएका थिए । उनले पार्टीका बिभिन्न विभागहरुमा मनोनय गरे पछि बिरोध सुरु भएको थियो ।

विशेष गरेर अध्यक्ष थापाको वष्ठि नेता लोकेन्द्रबहादुर चन्द र डा.प्रकाशचन्द्र लोहनी खुलेर बिरोधमा उत्रिएका थिए । विभागीय संयोजकहरुले पनि जिम्मेवारीबाट राजीनामा दिए पछि थापा संकटमा परेका हुन् ।

यसैबीच अध्यक्ष थापाले छोरा सुनिलकुमार थापा आफ्नो योग्यता र क्षमताले पार्टीमा अघि आएको बताएका छन् । उनले सुनिल आफ्नो छोरो भन्दा पनि योग्य व्यक्तिका रुपमा मन्त्री बनेको बताए ।