२८ आश्विन २०८३, बुधबार

सभासदले न्यायाधीशलाई सोधे – ‘बालकृष्ण ढुंगेलसँग कति पैसा बुझ्नु भो ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baidhyanath-Upadhyaकाठमाडौं । सर्वोच्च अदालतमा स्थायी न्यायाधीशमा सिफारिस बैद्यनाथ उपाध्यायले एमाओवादीका नेता बालकृष्ण ढुङ्गेलसँग तत्कालीन समयमा पैसा खाने हैसियत कसै सँग नरहेको बताएका छन् ।

सिंहदरबारमा आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायाधीश उपाध्यायले ढुङ्गेलसँग आफूले पैसा नखाएको दाबी गरे । ‘तत्कालीन समयमा बालकृष्ण ढुङ्गेलसँग मैले त के यहाँ रहेका कसैको पनि पैसा खाने हैसियत थिएन,’ उनले भने ।

पुनरावेदन अदालत राजविराजमा न्यायाधीश रहेका बेला उपाध्यायले जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका ढुङ्गेललाई सफाई दिएका थिए । यो फैसलासँगै न्यायाधीश उपाध्याय बिबादमा परेका हुन् ।

न्यायपरिषदले सर्वोच्चको स्थायी न्यायाधीशमा सिफासिर गरेर उनलाई सुनुवाईका लागि समितिमा पठाएको छ । समितिले उपाध्यायसँग उनको अनुभव, योग्यता, रुचिलगायतका विषयमा आज सभासदहरूले जिज्ञासा राखेका थिए ।

त्यसै गरी सभासदहरूले फैसला गर्नु अघि न्यायाधीशलाई मोवाइलमा आउने एसएमएस आउने र सोही आधारमा फैसाला गर्छन् नि भन्ने जिज्ञासाको उपाध्यायले उत्तर दिएनन् । एसएमएस सम्बन्धी सभासदहरूको जिज्ञासाको उनले वेवास्ता गरेका थिए ।

यसैबीच, समितिले सर्वोच्चका न्यायाधीशहरूमा सिफारिस व्यक्तिहरूका सम्बन्धमा सुनुवाई थालेको छ । आठ न्यायाधीशको पालैपालो सुनुवाई हुने समितिले जनाएको छ ।