२८ आश्विन २०८३, बुधबार

गोरखामा रेबिज आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha_district-Map

गोरखा । गोरखाको उत्तरी क्षेत्रमा रहेको लापु गाविसमा एक महिनादेखि फैलिएको रेबिज रोगको अझै नियन्त्रणमा आउन सकेको छैन ।

लापु–२, ५, ७, ८ र ९ का गाउँहरुमा अहिले दिनहुँजस्तै पशुचौपाया मरिरहेका छन् । जसको कारण गाउँलेहरुमा रेबिज रोगको त्रास फैलिएको छ ।

कालरात्रि माविका शिक्षक सबिन श्रेष्ठका अनुसार गाविसभरमा चार दर्जनभन्दा बढी गाई, गोरु, भैसी , खसी, बाख्रा मरिसकेका छन् भने अझै मर्ने क्रम रोकिएको छैन । गाउँका दर्जनभन्दा बढी कुकुर पनि रेबिजको कारण मरिसकेका छन् ।

कुकुरले टोकेका २० जनाभन्दा बढी गाउँले गोरखा सदरमुकाम र आरुघाट बजारमा रेबिजको भ्याक्सिन लगाइरहेको पनि शिक्षक श्रेष्ठले जानकारी दिनुभयो । “कुकुर र गाईभैँसी मरेको म¥यै छन्, अझै बिरामी हुने क्रम पनि रोकिएको छ्रैन”–श्रेष्ठले भन्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला पशु सेवा कार्यालयबाट गाउँमा स्वास्थ्य टोली आउने कुरा भए पनि अहिलेसम्म नपुगेको भन्दै गाउँलेले दुखेसो पोखेका छन् ।

यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले वैशाख २३ गते स्वास्थ्यकर्मीको टोलीले गाउँमा जनचेतनामूलक कार्यक्रम गरिसकेको र आवश्यक परेको खण्डमा स्वास्थ्य टोली पठाउनका लागि तयारी अवस्थामा रहेको बताउनुभयो ।

जिल्ला पशु सेवा कार्यालयका एक कर्मचारीका अनुसार आरुघाटबाट विशेषज्ञ टोली सम्बन्धित क्षेत्रमा पठाइसकिएको र त्यसको विस्तृत जानकारी आइसकेको छैन ।

पशु चौपायाहरु छट्पटाउने, ¥याल काढ्ने र भाग्ने र अन्तमा मर्ने गरेको लापु–८ का स्थानीय कान्छा सुनारले बताउनुभयो ।

गाउँमा फैलिरहेको रेबिज रोग नियन्त्रणको तत्काल आवश्यक कदम चाल्नका लागि लापुका स्थानीय गाउँलेहरुले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला पशु सेवा कार्यालयसँग माग गरेका छन् ।