काठमाडौं । ४१ दिनदेखि ठप्प भएको पशुपतिको विशेष पूजा विहीबारदेखि सुचारु हुने भएको छ ।
मंगलबार पशुपति क्षेत्र विकास कोषका सदस्य र भट्टबीच भएको वार्तापछि विशेष पूजा सुचारु गर्ने सहमति भएको हो । कोषका सदस्य सचिव गोविन्द टण्डनका अनुसार विशेष पूजा गरेवापत १८ प्रतिशत थप तलब भत्तालगायतका सेवा सुविधा दिने सहमति भएको जानकारी दिए ।
‘बढ्दो महंगीअनुसार पनि हामीले सेवासुविधा थप गरेका हौं । अब विहीबारदेखि पूजा सुचारु हुन्छ’, उनले भने, ‘यसमा सबै भट्ट पुजारी सहमत हुनहुन्छ ।’ १८ प्रतिशत थप सेवा सुविधा मूल र अन्य तीन जना भट्ट पूजारीले पाउने छन् । अब मूल भट्टले १० लाख र अन्य तीन जनाले ७ लाख रुपैयाँ महिनावारी तलब भत्ता बुझ्ने छन् । अतिरिक्त पारिश्रमिक दिने व्यवस्था मन्दिर तथा पूजा व्यवस्था नियमावली मा छैन । मूल भट्टको श्रीमती र दुई सन्तानलाई विदेश जाँदा(आउँदा जहाज भाडासमेत कोषले उपलब्ध गराउने सहमति भएको छ । सदस्य सचिवले टण्डनले भट्टले जहाज भाडा र दुई सन्तानलाई शैक्षिक बृतिबारे नियमावलीमा उल्लेख गर्दै भने, परिषदले नियमावली संशोधन गर्छ । यसरी लामो सयमदेखि २५ प्रतिशत थप सेवा सुविधा माग गर्दै पूजारीले पूजा ठप्प पारेका थिए ।
पूजा ठप्प हुँदा दैनिक तीन लाख रुपैयाँ भन्दा बढी घाटा कोषले व्यहोर्नु परेको छ भने दर्शनार्थी निरास भएर र्फकन बाध्य छन् । डेढ महिनामा १ करोड ५० रुपैयाँ भन्दा बढी घाटा भएको छ । पूजारीहरुले हडताल गर्दा ठूलो आर्थिक क्षति भएको यो पहिलो पटक हो । प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष पूजा हुने गर्छन । विशेष पूजा वापत हरेक दर्शनार्थीले कम्तीमा १ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि २५ लाख रुपैयाँ खर्चनेसमेत छन् । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । वैशाख र साउनमा सबभन्दा बढी यस्तो पूजा हुन्छ ।














प्रतिक्रिया