काठमाडौ । प्रधानमन्त्री सुशिल कोईरालाले आफ्नो पार्टी र सरकारमा सहभागी दलहरुबाट काम गर्न नसकेको दवाब दिए पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।
उहांले आफु अरुजस्तो लोभी प्रधानमन्त्री नभएको र कसैले लोभ देखाएर दवाब दिए प्रधानमन्त्री पद नै त्यागी दिने बताउनुभयो । पूर्व सांसद मञ्च नेपालले आज ललितपुरमा आयोजना गरेको राज्य पुनःसंरचना विषयक कार्यक्रमा कोईरालाले सरकारले सयदिन पुगेको बिषयमा आलोचना गरेको तर, सरकार कसरी सन्चालन गर्ने भन्ने बिषयमा पार्टी र गठबन्धन भित्रबाटै सहयोग नपाएको गुनासो गर्नुभयो ।
कोईरालाले एक सय दिनमै सरकारको मूल्याङकन गर्नेहरुले यो सरकार आएपछि संविधान निमार्णको ८० प्रतिशत काम सकिएको चाही नदेखेको उल्लेख गर्नुभयो ।
कोइरालाले सरकारको जती आलाचना गरे पनि तोकिएकै समयमा लोकतान्त्रिक संविधान निमाण गर्ने दाबी गर्नुभयो । कोइरालाले नयाँ बन्ने संविधानसँगै निर्माण हुने प्रदेश मुलुकको अर्थतन्त्रले धान्न सक्ने सङ्ख्यामा मात्र बनाउने सहमति भएको जानकारी दिनुभयो ।
कोइरालाले विश्वमा प्रचलित सङ्घीयस्वरुपको अध्ययन गरी नेपालमा पनि सामथ्र्यका आधारमा सीमित सङ्ख्यामा मात्र प्रदेश बन्न कुरामा सबैढुक्कहुन आग्रह समेत गर्नु भयो ।
उहाँले शासकीयस्वरुपका सम्बन्धमा पनि नेपालको राजनीतिक परिवेश अनुसार संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री उचित हुने भएकाले यसैमा सबैको सहमति हुन आवस्यक रहेको उल्लेख गर्नुभयो ।














प्रतिक्रिया