काठमाडौ। भ्रष्टाचार हुने विश्वका १ सय ७७ मुलुकमध्ये नेपाल १ सय १६ औं स्थानमा सुचिकृत भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार प्रतिवेदनमा नेपाल धेरै भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएको हो ।
कुल सय अंकमा नेपालले ३१ अंक पाएको छ । ट्रान्सपरेन्सीले ५० अंक भन्दा कम पाउनेलाई अत्यन्तै भ्रष्ट मुलुकका रुपमा सुचिकृत गर्दै आएको छ ।
प्रतिवेदनले भ्रष्टाचार हुने मुलुकमा राजनीतिक दलहरुले नागरिकको विश्वास गुमाउदै गएको पनि देखाएको छ ।
भ्रष्टाचार प्रतिवेदन सर्भेक्षणमा सहभागीमध्ये ७२ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् भने ९० प्रतिशतले राजनीतिक दलहरु अत्यन्त भ्रष्टाचारी हुदै गएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष बिष्णुुबहादुर केसीले सार्वजनिक तथा गैरसरकारी क्षेत्रमा आफ्नोे बर्चश्व कायम राख्न र सत्तामा टिकिरहन राजनीतिक दलहरुले प्रभाव पारिरहेको बताउनुभयो ।
भ्रष्टाचार कम हुने दक्षिण एसियाका ५ वटा मुलुक नेपाल, भारत, श्रीलका, बंगलादेश र पाकिस्तान मध्येमा श्रीलंका सबैभन्दा कम ९१ औं स्थानमा र बंगलादेश १ सय ३६ औं स्थानमा रहेको प्रतिवेदनले देखाएको छ । दक्षिण एसियामा नेपाल तेस्रोे स्थानमा रहेको छ ।














प्रतिक्रिया