बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

यसरी जेलमा पुगे केजरीवाल…

दैनिक नेपाल २०७१ जेठ ७ गते २२:१०

kejriwal

नयाँ दिल्ली । भारतका भ्रष्टाचार विरोधी अभियानकर्ता अरविन्द केजरीवाललाइ बुधबार धन जमानत बुझाउन अस्वीकार गरेपछि कारागारमा पठाइएको छ । यसको केही घण्टा अगाडि उहाँले आफू दिल्लीमा नयाँ निर्वाचनका लागि तयार रहेको बताउनुभएको थियो ।

भारतीय जनतापार्टीका नेताको मानहानि गरेको आरोपमा चलाइएको मुद्दामा उहाँलाई १० हजार भारतीय रूपैयाँ जमानत दिन भनिएको थियो । तर, उहाँले जमानत दिन अस्वीकार गरेपछि दिल्ली अदालतले न्यायिक हिरासतमा लैजान आदेश दिएको हो ।

केजरीवालले भारतीय जनता पार्टीका नेता नितिन गडकरीसहितका राजनीतिज्ञहरूलाई मुलुकको सबैभन्दा भ्रष्ट व्यक्ति भनी सूची सार्वजनिक गर्नुभएको थियो । उक्त सूचीमा कङ्ग्रेस पार्टीका नेता राहुल गान्धी तथा त्यस समयका अर्थमन्त्रीको पनि नाम रहेको छ ।

केजरीवालको आम आदमी पार्टीले जमानत बुझाउन अस्वीकार गर्ने उहाँको काम राजनीतिक खेल नभएको दाबी गरेको छ ।

आपका नेता आशुतोषले यो भ्रष्टाचारविरुद्दको मुद्धा भएको र भ्रष्टाचारविरुद्ध यो भन्दा अर्को उपायले सङ्घर्ष गर्न नसकिने बताउँदै यसका लागि मूल्य तिर्न आफूहरू तयार रहेको बताउनुभयो ।

केजरीवालले मुलुकमा भ्रष्टाचारका विषयमा राजनीतिज्ञ तथा व्यापारिक घरानाको नाम लिन थालेपछि ख्याति कमाएका हुन् र उनी शुक्रबार अदालतको अर्को सुनुवाइसम्म कारागारमा रहनेछन् ।

केजरीवालको आमआद्मी पार्टीले हालै सम्पन्न भएको आम निर्वाचनमा केबल चार स्थान प्राप्त गरेको छ ।

पूर्व कर अधिकृतबाट राजनीतिज्ञ बनेका केजरीवालले यस निर्वाचनमा विजय हासिल गर्नसक्नुभएन । उहाँले बुधबार आम निर्वाचनमा भाग लिन दिल्लीको मुख्यमन्त्रीको पद छोडेर आफूले गल्ती गरेको स्वीकार गर्नुभयो । रासस / एएफपी

प्रतिक्रिया
सम्बन्धित