दाङ । दाङको तुलसीपुरमा आपराधका बिभिन्न घटनामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरेर आपराधिक घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले जेठ ४ गते तुलसीपुर नगरपालिका–६, गुम्राह चोकबाट ६ दशमल २ ग्राम ब्राउन सुगरसहित रुपन्देही धबदही–६ घरभई हाल नारायणपुर–१ बस्दै आएका १८ वर्षीय मधुसुदन सिंह र घोराही नगरपालिका–१० का १७ वर्षीय सौरभ बस्नेतलाई पक्राउ गरेको थियो ।
लागुऔषध सेवन गरेर बसेका उनीहरूको खानतलासी गर्दा ब्राउन सुगर बरामद भएको प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । उनीहरूलाई लागुऔषध ओसारपसार ऐन अन्तर्गत कार्वाही हुने छ ।
यसैवीच मोबाईल पसलमा चोरी गर्दैगर्दा सोमबार राति पक्राउ परेका उरहरी–५, हस्नापुरका २१ वर्षीय भूपेन्द्र वलीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
वली चोरीको घटनामा मुद्दा खेपेर सोमबार मात्रै अदालतबाट दश हजार धरौटीमा छुटेका थिए । उनी यस अघि ६ पटक सम्म चोरी मुद्दामा पक्राउ परेर छुटेको प्रहरी अभिलेखमा उल्लेख छ ।













प्रतिक्रिया