काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा न्यायपरिषदको पत्र र न्यायाधीशहरूको सुनुवाईका विषयमा प्रमुख दलहरूबीच देखिएको मतभेद अन्त्य हुने संकेत देखिएको छ ।
संसद सचिवालय सिंहदरबारमा आज बसेको समिति बैठकमा कांग्रेस तथा एमाले र एमाओवादीका सदस्यबीच परिषदको पत्रलाई लिएर सामान्य चर्काचर्की भएको थियो ।
कांग्रेसका सदस्यहरूले समितिले परिषदलाई पत्र पठाए पनि धेरै बिबाद गर्न नहुने धारणा राखेका थिए ।
यद्यपि, एमाले र एमाओवादीका सभासदहरूले न्यायपरिषदले संसदको गरिमालाई वेवास्ता गरेको भन्दै परिषदका अध्यक्ष र सदस्यहरूलाई पुनः बोलाउने गरी पत्र पठाई न्यायाधीश सिफारिसका विषयमा सोधपुछ गर्नुपर्ने माग गरे ।
छलफल चलिरहेकै बेला परिषदको अघिल्लो पत्र र उसलाई समितिले पठाउने पत्रको ड्राफ्ट तयार पार्न बैठक एक घण्टाका लागि स्थगित समेत गरिएको थियो । यद्यपि, तयारी नपुगेको भन्दै समिति सदस्यहरूले आवाज उठाए पछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । बैठक भोलि बिहान आठ बजे बस्ने छ ।
एमाले र एमाओवादीका सभासदहरूले परिषदले पठाएको पत्रलाई अस्वीकृत गरेर पुनः समितिका अध्यक्ष र सदस्यलाई बोलाउनु पर्ने दबाव दिएका छन् । न्यायाधीश सुनुवाईको लामो समय देखिको बिवाद अन्ततः दलहरूले मिलाउने संकेत दिएका छन् ।













प्रतिक्रिया