दाङ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सञ्चालन भएको महिला पुनः स्थापना एकद्वार प्रणालीमा उपचारसँगै न्यायको माग गरेर उजुरी आउने गरेका छन् ।
अस्पतालमा स्थापना भएको एकद्वार प्रणालीे सञ्चालन आएपछि उपचारसँगै न्यायको माग माग उजुरी परेका हुन् । यस आर्थिक वर्षको अवधिमा २०० भन्दा बढी उजुरी परेका छन् ।
महिलामाथि हुने मानसिक, शारीरिक, यौनिक तथा सामाजिक हिंसामा परेका महिलाहरूले छिटोछरितो र सुलभ तरिकाले न्याय दिने थालेपछि उजुरी पर्न थालेका हुन् ।
एकद्वार प्रणालीमा महिला मात्रै होइन पुरुष र बालबालिका पनि परेका छन् । गत आर्थिक वर्ष फागुनदेखि यो प्रणाली सञ्चालनमा आएको हो । एकद्वार प्रणालीमा २१५ महिलाले हिंसामा परेको उजुरी दिएका छन् ।
त्यसमध्ये १४ वर्षमुनिका १४ बालिका र ११ पुरुषले पनि उजुरी गरेका थिए । १५ देखि ६५ वर्षसम्मको विवाहित\अविवाहित महिलाहरूले हिंसामा परेको भन्दै उजुरी दिएको एकद्वार प्रणालीकी फोकल पर्सन राधा पौडेलले जानकारी दिइन् ।
उजुरी गर्न आउने धेरैजसो घरेलु हिंसामा परेका महिला रहेका छन् । जबर्जस्ती करणीमा परेका बालिका तथा महिलाका लागि सुरक्षित गर्भपतनको पनि सुविधा रहेको पौडेलको भनाइ छ । सेवा लिन आउने महिलाको समस्या हेरेर कानुनी प्रक्रियामा पु-याउने गरेको उनले बताइन् ।
हिंसामा परेका महिलाले एकल प्रणालीद्वारा सहयोग लिन आएपछि कानुनी प्रक्रियामा जान मद्दत पुग्ने उनको भनाइ छ ।













प्रतिक्रिया