२८ आश्विन २०८३, बुधबार

दुर्घटना न्यूनीकरण गर्न जाँचलाई कडाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trafficखोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले सवारी दुर्घटना न्यूनीकरण गर्न जाँचलाई कडाइ गरेको छ ।

सदरमुकाम दिक्तेल आसपासका क्षेत्रमा मादकपदार्थ सेवन गरेर र बिनाअनुमतिपत्र सवारीसाधन चलाउनेको सङ्ख्या बढेकाले सम्भावित दुर्घटना नियन्त्रण गर्न जाँचमा कडाइ गरिएको सो कार्यालयका प्रहरी निरीक्षक रमेश देवले जानकारी दिए ।

‘तराईसँग सिधा बाटो जोडिएसँगै यातायातका सवारीसाधन अधिक मात्रामा भित्रिएको छ,’ उनले भने, ‘कतिपयले बिनाअनुमतिपत्र चलाउने गरेकाले दुर्घटना हुन सक्छ, त्यसलाई नियन्त्रण गर्न कडाइ गरिएको हो ।’

प्रहरीका अनुसार दैनिक साँझ जिल्लाको विभिन्न ठाउँमा चेक पोस्ट खडा गरिएको छ । ट्राफिक प्रहरीको सहयोगमा सदरमुकाम दिक्तेलको रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचौक, भानुचौक र हाटडाँडामा चेकपोस्ट खडा गरिएको छ ।

तराईसँग सिधा बाटो जोडिएसँगै जिल्लामा झन्डै हजारको हाराहारीमा मोटरबाइक सञ्चालनमा रहेका छन् । तीमध्ये कतिपयले बिनाअनुमतिपत्र चलाउने गरेका छन् ।