काठमाडौं । सहिद तथा घाइते परिवारले सरकारले संविधानसभामा मनोनयन गर्ने २६ स्थानमा आफूहरूको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।
विभिन्न १८ बुँदे माग राख्दै जेठ १ गतेदेखि कांग्रेस कार्यालयमा धर्ना बस्दै आएका सहिद तथा घाइते परिवारले आज पत्रकारसँग कुरा गर्र्दै प्रत्यक्ष र समानुपातिक प्रणालीबाट एक जना पनि सहिद तथा घाइते परिवारलाई संविधानसभामा समावेश नगराइएको भन्दै अब मनोनयन हुने स्थानमा समावेश गराउन माग गरेका हुन् ।
सहिद तथा घाइते परिवार भोजराज गौतम, कुलबहादुर खत्री, भक्तबहादुर अर्घाली र यामबहादुर टमटालगायत धर्नामा बसेका छन् ।
सहिद तथा घाइते सरोेकार नागरिक समन्वय समितिको नेतृत्वमा धर्ना बसेका सहिद तथा घाइते परिवारले सरकार र सहिद परिवारबीच पटकपटक भएका सहमति कार्यान्वयन गर्नुपर्ने, राज्यका हरेक संरचनामा सहिद तथा घाइते परिवारको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने, सहिद परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका समस्या समाधान गर्नुपर्नेसमेत माग गरेका छन् ।
समन्वय समितिका अध्यक्ष जेवी धौलाकोटीले नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा उत्पीडनमा पारिएका दलित, महिला र आदिवासी जनजातिका सबै समस्या राज्यले सम्बोधन गर्दै आएको तर सहिद तथा घाइते परिवारका कुनै पनि माग अहिलेसम्म पनि सम्बोधन नगरेको गुनासो गरे ।













प्रतिक्रिया