सिरहा । सिराहामा हत्याको आरोपमा प्रहरीले गोविन्दपुर–८ बाट आमा–छोरालाई पक्राउ गरेको छ ।
पारिवारिक विवादका कारण चार वर्ष अगाडि महनौर–२ की मनतोरियादेवी महतोको हत्या भएको थियो ।
मनतोरियाको हत्यामा संलग्न उनकै पति रामप्रित महतो र सासू भुट्टीदेवी महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विमल पराजुलीले जानकारी दिए ।
आमा–छोरामाथि हत्याको आरोप लागेपछि उनीहरू लुकीछिपी बस्दै आएको प्रहरी निरीक्षक पराजुलीले बताए । उनले पक्राउ परेका आमा र छोरालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको जानकारी दिए ।













प्रतिक्रिया