बाँके । बाँकेमा आफ्नै भाईले दाइको घरमा पेट्रोल छर्किएर घरमा आगो लगाइदिएका छन् ।
जैसपुर –१ का स्थानीय सद्धाम नाउने जादुको घरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । भाउजुसहित उनका तीन छोराछोरीलाई बाहिरबाट ढोका लगाई आगो लगाइदिएको बताइएको छ ।
आगोमा जलेर रियादकी पत्नी २२ वर्षीया चन्दा सलमानी, १० महिनाकी छोरी रिहान, ३ वर्षीय छोरा रियाजुल र ५ वर्षीया छोरी मारिया गम्भीर घाइते भएका छन् ।
उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
डोल्पामा संयुक्त रुपमा फर्निचर व्यवसाय सञ्चलन गर्दै आएका दाजुसँग आर्थिक लेनदेनका विषयमा विवाद भएपछि सद्धामले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।














प्रतिक्रिया