काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा एमालेले १५ जनाको नाम सिफारिस गरेको छ ।
एमाले उपत्यका समन्वय कमिटीले काठमाडौं २ उपनिर्वाचनका लागि १५ जनाको नाम सिफारिस गरेको हो । जसमा महासचिव ईश्वर पोरखेल, सचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य महेन्द्र पाण्डे र केन्द्रीय सदस्यहरु अग्नी खरेल, कृष्णगोपाल श्रेष्ठ, सानु श्रेष्ठ र विन्दा पाण्डे छन् । महासचिव इश्वर पोखरेललाई चुनाव लड्न कार्यकर्ताको दबाब रहेपनि उहाँ सकभर चुनाव लड्ने पक्षमा हुनुहुन्न ।
यसैगरी, स्थानीयको तर्फबाट पूर्व सांसद नारायण ढकाल, नवराज पराजुली, मणिराम फुयाल, रुक्मिणि श्रेष्ठ, बुद्धभक्त चित्रकार, सरिता न्यौपाने, कृष्णहरि थापा, सुवर्ण श्रेष्ठ छन् । क्षेत्रीय र जिल्ला कमिटीबाट तीन जनाको सिफारिस भएपनि उपत्यकाले १२ जनाको थपेर सोमबार पार्टी अध्यक्ष झलनाथ खनाललाई सिफारिस पठाएको हो ।
क्षेत्र र जिल्लाबाट पराजुली, फुयाल र रुक्मिणी श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
उम्मेद्वारको रुपमा सिफारिस गरेको छ । असार ८ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न पार्टी केन्द्रले आग्रह गरेको थियो ।














प्रतिक्रिया