२८ आश्विन २०८३, बुधबार

सेना र प्रहरीका डिभी र पिआरबाहकलाई पनि कारबाही: मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Pandit

भक्तपुर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआर लिएका सेना, प्रहरी र शिक्षकलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

रफतसञ्चार क्लबले भक्तपुरमा सोमबार भएको कार्यक्रममा उहाँले सेना, प्रहरी र शिक्षक सेवालाई पनि डिभी र पिआरबाट मुक्त बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री पण्डितले निजामति प्रशासनमा रहेका डिभी र पिआरबाहक कर्मचारीमाथि कारबाही नगर्न दबाब आउन थालेको जानकारी पनि दिनुभयो ।

जति दबाब आए पनि डिभी र पीआरमुक्त बनाउने अभियानबाट आफू पछि नहड्ने बताउनुभयो । उक्त अभियान रोक्न कसले दबाब दिएको हो भन्नेबारे भने उहाँले खुलाउनु भएन ।

मन्त्री पण्डितले निजामति ऐन संशोधन प्रस्ताव आगामी साता संसदमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।