काठमाडौ । सरकारले निजी र सामुदायिक शिक्षाको समान विकासका लागि नयाँ एकीकृत शिक्षा एकीकृत शिक्षा ऐन ल्याउने भएको छ ।
आजको आवाज मिडिया र शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले निजी शिक्षालयका लागि अलग्गै ऐनको माग भएपनि त्यो सम्भन नहुने जनाउँदै बरु सार्वजनिक निजी साझेदारीका कार्यक्रम सञ्चालन गर्ने नीति रहेको स्पष्ट पारे ।
सञ्चार जगत्ले शिक्षा क्षेत्रका सवाललाई अलोचनात्मकरुपमा सम्प्रेषण गरोस् भन्ने नै सरकारको अपेक्षा रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्य निर्वाचित शिक्षा पत्रकार प्रदिप न्यौपानेलाई प्रवक्ता शर्माले सम्मान गरे ।
नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले दुरदराजका शिक्षाका सवाललाई पत्रकारले उजगार गर्नुपर्नेमा जोड दिए । सार्क शिक्षक महासंघका अध्यक्ष मोहन ज्ञवालीले पनि निजी शिक्षा ऐन ल्याउन कुनै आवश्यक नरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व अध्यक्ष बाबुराम अधिकारी, अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रमेश सिलवाल, राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, शिक्षा पत्रकार समूहका अध्यक्ष सुदर्शन सिग्देल, समूहका निवर्तमान अध्यक्ष प्रकाश सिलवाल, शिक्षालय मासिकका प्रकाशक श्याम तण्डुकारलगायतले न्यौपानेलाई बधाई दिँदै शिक्षा पत्रकारितको मूल प्रवाहीकरणमा जोड दिए ।
केन्द्रीय सदस्य न्यौपानेले शिक्षा पत्रकारिता पुरस्कारलाई आम शिक्षा पत्रकारको भावनाअनुसार वितरण गराउन महासङ्घमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । पत्रकारको हकहितका लागि कटिवद्ध भएर अगाडी बढने जिकिर उनको छ ।














प्रतिक्रिया