दाङ । दाङमा प्रहरीको संरक्षणमा जुवा घर संचालन भैइरहेका छन् । जिल्ला सदमुकाम घोराहीका साथै तुलसीपुर, नारायणपुर, गोग्ली बजारमा प्रहरीले महिनावारी रकम असुलेर जुवाघर संचालनमा रोक नलगाएको स्रोतको दावी छ ।
प्रहरी स्रोतका अनुसार घोराहीस्थित तुलसीपुर चोकदेखि दक्षिणतर्फ रहेको घरमा जुवा खेल्न जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत जुनिअर प्रहरी अधिकृत समेत जुवा खेल्ने गरेको एक जुवाडेले जानकारी दिएका छन् । प्रहरीनै जुवा खेल्ने भएपछि त्यहाँ निस्फिक्रीका साथ दिनहुँजसो लाखौंको जुवा खेलिन्छ । उक्त जूवा घर, घर मालिक स्वंयमले नै संचालन गरेका छन् । घर मालिकले जुवा खेलाए वापत दैनिक ६ हजार रुपैंया उठाउने र रक्सी मासु समेत खुवाउने गरेको जुवाडेहरु बताउँछन् । जुवा घर संचालक उनै असई मार्फत जिप्रकाका उच्च अधिकारीलाई मैनावारी २५ हजार रुपैंया थमाउने गरेको स्रोतको दावी छ ।
घोराहीमै नेपाल बिद्युत प्राधिकरण नजिकैको घरमा समेत दिनहुँ जुवा चलिरह्नछ । जुवा घरको ७० मिटरको दुरीमा तुलसीपुर चोकमा २४सै घण्टा प्रहरीले पहरा दिन्छ । तर, जूवा खेल्न प्रहरीले अहिलेसम्म प्रतिबन्ध लगाएको छैन् । उक्त जुवा घर पनि घर मालिकलेनै चलाएको बताइन्छ । जुवा खेलाए वापत घर मालिकले जिप्रकाका घुमुवा प्रहरी मार्फत माथिल्लो तहसम्मका प्रहरी अधिकारीसम्म हप्तावारी रुपमा मोटो रकम पुर्याउने गरेको एक प्रहरीले जानकारी दिएका छन् । त्यसैगरी देउराली दोहोरी साँझ नकिकैपनि जुवा घर चलिरहेको छ ।
प्रहरीको प्रत्यक्ष संरक्षणमा चलेको जुवा घर रात दिन चल्ने गरेको छ । प्रहरी र जूवा संचालकबीच पैसामा कुरा नमिल्दा भने त्यहाँ प्रहरी छापा मार्ने गरेको एक प्रहरी अधिकारीले बताए ।
उनले भने,’पैसामा कुरा नमिल्दा हाकीमले छापा मार्न लगाउँछन् । हामी जान्छौं। अनि फेरी त्यत्तिकै छोडेर आउन आदेश आउँछ ।’
त्यही मात्रै हैन, जिप्रका नजिकैपनि अर्को जुवा घर संचालनमा छ । त्यहाँ भने प्रहरीको संरक्षण दिएको छैन् । रातमा मात्रै संचालनमा आउने उक्त जुवा घरको सुरक्षामा ४ जना युवाहरु खटिने गरेका छन् । ती मध्यमा एकले भने, हामी चार जनाले जूवा चल्दा सम्म पहरा दिन्छौं र प्रहरीको भ्यान देख्ने बित्तिक्कै मोबाइलबाट खबर गछौं । अनि सबै जना सुरक्षित स्थल तर्फ जान्छन् ।’
त्यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोक,गुम्रहवा चोक, बरुवा गाऊँ, नयाँ बसपार्क लगाएतका स्थानमा पनि प्रहरीकै संरक्षणमा जुवा घर संचालन भैरहेका छन् । तुलसीपुरमा संचालित जूवा घरबाट घुमुवा प्रहरीले हप्तावारी रकम असुलेर माथिल्लो तहसम्म पुर्याउने गरेको असन्तुष्ट प्रहरी अधिकारीहरु बताउँछन् । त्यस्तै गोग्ली बजारमापनि प्रहरी चेक पोष्टको नजिकै जुवा घर संचालनमा छ । त्यहाँ कार्यरत प्रहरीले प्रयोग गर्ने चोरीको मोटरसाइकलमा जुवा संचालकले तेल हालिदिने गरेकाले उक्त सूचना प्रहरीले जिप्रकासम्म नदिएको बताइएको छ । त्यसैगरी नारायणपुर बजारमा पनि जुवा घर संचालनमा संचालनमा छन् । यस सम्बन्धी सूचना प्रहरीसंग भएपनि आर्थिक प्रभावमा परेर प्रहरीले अहिलेसम्म कसैलाई पक्राऊ गरेको छैन् ।
नारायणपुरमा स्थानिय डनले जुवा घर संचालन गरिरहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । तर, जिल्लाका मुख्य बजारमा प्रहरीकै संरक्षण बाह्रैमास जुवा चलिरहँदा जिप्रका दाङका डिएसपी ओम राना भने प्रहरीको मिलेमतो भन्ने कुरा मान्न तयार छैनन् । उनि भन्छन्, म सम्म यो सूचना आएको छैन् । यदि प्रहरीकै मिलेमतो भएको मैले कसको संलग्नता छ भन्ने सूचना मात्रै पाएपनि छानविन गर्छु ।’
जुूवा खेल्ने, खेलाउने र संरक्षण गर्ने जो कोही भएपनि आफूले त्यसै नछाड्ने उनले बताए ।














प्रतिक्रिया