पोखरा। एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्वले परिवर्तनसँगै युगको माग पूरा गर्न नसके नयाँ शक्ति जन्मने बताउनुभएको छ ।
पोखराबाट प्रकाशित हुँदै आएको ‘आदर्श नेपाल’ दैनिक पत्रिकाको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित विचार गोष्ठीलाई आइतबार यहाँ सम्बोधन गर्दै उहाँले एमाओवादी नेतृत्वले त्यसलाई बुझन नसके पार्टीको हैसियत पतन भएर जानेछ भन्नु भयो ।
कुनै बेला काँग्रेस र एमाले पनि नयाँ शक्तिका रुपमा उदय भएका थिए, अहिले ती पुराना भइसके भन्दै नेता भट्टराईले भन्नुभयो, “नेतृत्वले समयमै बुद्धिमत्तापूर्ण काम गर्न नसके भारतीय लोकसभा निर्वाचनमा पुराना र ठूला भनाउँदा राजनीतिक दलको जुन हविगत भयो, त्यस्तै अवस्था यहाँ पनि हुन सक्छ ।”
उहाँले मन्त्रिपरिषदले नियुक्ति गर्ने २६ सभासद् र न्याय परिषद्का बारेमा सर्वोच्च अदालतले गरेको पैmसला व्यवस्थापिकाको कार्य क्षेत्रमाथिको हस्तक्षेप हो, भन्नुभयो ।
पत्रिकाका प्रकाशक हेमबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाओवादी नेता खिमलाल देवकोटा, पत्रकार माधव शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।














प्रतिक्रिया