२८ आश्विन २०८३, बुधबार

मोदी आएर नेपालमा केही फरक पर्दैन: पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Chandra Poudel

कञ्चनपुर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भारतमा अब बन्ने सरकारले नेपाल हेर्ने नीतिमा कुनै परिवर्तन नल्याउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भन्नुभयो, “ भारतमा लोकतन्त्रणको राम्रो अभ्यास भएका कारण पनि भारतीय जनता पार्टीले नेपाल हेर्ने नीतिमा खासै प्रभाव पर्दैन । ”

संविधान निर्माण र विपीको विचारधारालाई आत्मसात् गर्दै आफूले मेचीकाली अभियान सञ्चालन गरेको स्पष्ट पार्दै उपसभापति पौडेलले आफ्नो अभियानले सरकार र पार्टीभित्रको गुट उपगुटको अन्त्य गर्नमा मद्दत पुगेको बताउनुभयो ।

उपसभापति पौडेलले महाकाली प्रभावित भुजेलाको निरीक्षण गरेको काँग्रेस नेता प्रेम विष्टले जानकारी दिनुभयो ।