२८ आश्विन २०८३, बुधबार

पौडी खेल्न गएका दाजुबहिनीको डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawalparasi_district

परासी । नवलपरासीको कावासोतीमा पौडी खेल्ने गएका दाजुबहिनीको खोलामा डुबेर ज्यान गएको छ ।

नवलपरासीको कावासोती–८, सीता गाउँका ९ वर्षीय अभिषेक महतो र उनकी ७ वर्षीया बहिनी महिमा महतोको बाडखोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

उनीहरुको शव परीक्षणका लागि दुम्कौली उपस्वास्थ्य चौकीमा लगिएको प्रहरीले बताएको छ ।