नयाँ दिल्ली । भारतमा पहिलोपटक काँग्रेस बाहेक पूर्ण बहुमत प्राप्त गर्ने पार्टी बनेको छ, भारतीय जनता पार्टी । भाजपाका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीका कारण यो सफलता हासिल भएको हो । भाजपाका शीर्ष नेताहरुले नै यसको श्रेय मोदीलाई दिएका छन् । त्यसमध्ये इतिहास रच्नुका सुत्रहरु के के हुन त ? भारतीय टेलिभिजन आजतकको विश्लेषण यस्तो छ:
१. मजबुत र भरोसायोग्य चेहरा
भाजपाले आधा लडाईं त नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर नै जितेको थियो । मोदीको छवि भारतीय मतदानाको सामु छर्लंग थियो । विकास गर्ने, विभाजित गर्ने राजनीीतबाट टाडै रहने, मजबुत नेतृत्व र परिणाम दिन सक्ने नरेन्द्र मोदी हरेक जाति, वर्ग र क्षेत्रका मतदातालाई यो भरोसा दिलाउन सके कि उनले नै भारतलाई बनाउन सक्छन् ।
२. विकास र सुरक्षाका कुरा
काँग्रेससहित सबै विपक्षीहरु सुरक्षाका कुरालाई प्रमुख मुद्दा बनाउँदै हिँडे । तर, मोदीले यसको विपरीत युवालाई रोजगारी, विकास, पूर्वाधार निर्माण, भ्रष्टाचार नियन्त्रणलाई आफ्ना प्रमुख मुद्दा बनाए । उनले मतदातालाई प्रष्ट पारिदिए कि विरोधीहरुले गरिबीलाई सम्बोधन गर्न सक्दैनन् ।
३. सही गठबन्धन
भाजपाका अटल विहारी वाजपेपी सरकार २००४ मा चुनाव हार्यो । उनकी ऊ तृणमुल काँग्रेस, तेलुगू देशम पार्टी, जेडीयू, शिवसेना, अकाल पार्टी र एआइडीएमके जस्ता गठबन्धनको सहारामा थियो । जसका कारण भाजपाले धेरै सिट जित्न सकेन । यी सबै कुरालाई ध्यानमा राख्दै मोदीले नयाँ शिराबाट नेशनल डेक्रोक्रेटिक एलायन्स बनाए । वाजपेयी सरकारबाट अलग भएका रामविलास पासवान मोदी नेतृत्वको एनडीए गठबन्धनमा सामेल भए । विहारमा नीतिश कुमार र लालूसँग टक्कर गर्न उपेन्द्र कुशवाहाको पार्टी भारतीय लोक समता पार्टीलाई साथमा लिए । उत्तर प्रदेशमा नयाँ पार्टीको साथमा लिए । महाराष्ट्रमा पुरानै साझेदार शिवसेनाको साथै रामदास अठावले र राजू शेट्टीको पार्टीलाई पनि साथमा लिए । राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना पनि उनकै साथमा रह्यो । पन्जाबमा उनका अकाली दल र हरियाणामा जनहित कांग्रेसलाई साथमा लिनुले नै मोदीलाई विजय सुनिश्चित गराइदियो ।
४. आक्रामक चुनाव प्रचार
मोदीले पहिलेबाटै सोसल मिडिया नेटवर्किङदेखि ¥याली र बुथ व्यवस्थापनलाई हर हालतमा चुनाव जित्ने तयारीमा राखे । मोदीले आफ्नो ¥यालीमा काँग्रेसको कुशासनलाई जोडदार हमला गरे । पटकपटक चुनावलाई विकासको मुद्दामा केन्द्रीत बनाए । र, भाजपा शासित राज्यलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै समग्र देशको विकास गर्न सक्ने विश्वसनीयता देखाए ।
५.सही उम्मेदवारका चुनाव
मैदानमा सही उम्मेदवारलाई उतार्नु पनि चुनाव जित्नुको अर्को कारण थियो । झन मोदीको नाममा त एक खाले क्रेज नै थियो । भाजपाले आफ्ना शीर्ष नेतालाई चुनावी मोर्चामा उतार्यो । उत्तराखण्डमा तीन पूर्व मुख्यमन्त्री बीसी खंडुरी, भगत सिंह कोश्यारी र रमेश पोखरियाल मोदीलाई जिताउन मैदानमा उत्रिए । यसैगरी, उत्तर प्रदेशमा राजनाथ सिंह, कलराज मिश्र, मुरली मनोहर जोशी, सन्तोष गंगवार जस्ता दिग्गज मैदानमा उत्रिए । यसैगरी, वीके सिंह र सत्यपाल सिंह जस्ता बौद्धिक व्यक्तिलाई टिकट दिए. दिल्लीमा आम आद्मी पार्टीलाई चुनौती दिन महेश गिरीलाई अघि सारे ।
६. उत्कृष्ट प्रदर्शन
भाजपा जुन राज्यमा सत्तामा छ पन्जाब बाहेक हरेक ठाउँमा उसको प्रदर्शन निकै उत्कृष्ट रह्यो । पछिल्लो साल कर्नाटक र हिमाचल प्रदेशमा भाजपाले सत्ता गुमायो । तर, लोकसभा चुनावमा त्यहाँबाट अत्याधिक भोट ल्यायो । राजस्थान, गुजरात, हिमाचल प्रदेश, दिल्ली र उत्तराखन्डमा पूरै सिट जित्यो ।
७. विरोधीलाई तीव्र प्रहार
काँग्रेस नेताको भनाइ र उनीहरुको मुद्दालाई नजिकबाट नियालेका मोदीले उनीहरुले प्रहार गरेको चुनावी बाँण उनैलाई प्रहार गर्न सफल भए । काँग्रेसले जति विरोध ग¥यो । त्यसको उनले कडा प्रतिवादमात्र बनाएनन्, चुनावी मुद्दा समेत बनाए । आफूलाई गरिबको छोराको रुपमा प्रस्तुत गरेर मोदीले राहुल गान्धीलाई चुनौती दिए । विरोधीले मुसलमानलाई देखाउँदै सुरक्षाको मुद्दा उठाए, मोदीले त्यसमा पनि बचाउ गरे । हिन्दूले त भोट मोदीलाई नै दिन्थे, मुसलमान पनि उनकै पक्षमा देखिए ।
८. टीमको संयोजन
चुनावी मोर्चा सम्हाल्न मोदीले राजनाथ सिंह, अरुण जेटली, नितिन गडकरी र अमित शाह जस्ता नेताको टिम बनाए । भाजपा शासित राज्यका मुख्यमन्त्रीको साथ मोदीलाई नै रह्यो । ती राज्यमा उम्मेदवार चुन्ने जिम्मेवारी पनि मोदीले मुख्य मन्त्रीलाई नै दिए । जसले गर्दा मोदीको व्यक्तित्व झनै उच्च बन्यो ।
९. जनामा काँग्रेसप्रति आक्रोश
जनता काँग्रेसको शासनबाट निराश थिए । काँग्रेस नेतृत्वको सरकारको भ्रष्टाचार, खराब आर्थिक अबस्था, राहुल गान्धीको प्रेरणाहीन नेतृत्वले भाजपालाई माथि उठ्न साथ दियो । भाजपाले देशलाई सफलतापूर्वक यो भरोसा दिलायो कि, काँग्रेसको कुशासनको मुक्ति दिलाउने भाजपामात्रै हो । र, भाजपा यो पनि जनतालाई बुझाउन सफल भयो कि यदि क्षेत्रीय पार्टीलाई भोट दिने हो भने फेरि काँग्रेसकै सत्ता फर्किन्छ ।
१०. मोदीको मेहनत
सबैभन्दा अन्तिम र महत्वपूर्ण कुरा यही हो कि गुजरातमा तीन पटक मुख्यमन्त्री भएर नरेन्द्र मोदीले आफ्नो सफल छवि बनाए । दिनरात चुनाव प्रचारमा खटिए । शोसस मिडिया देखि लिएर बुथ व्यवस्थापनसम्म हरेक क्षेत्रमा एकै सन्देश फैलाउन उनी सफल भए– ‘भोट स्थानीय उम्मेदवारको होइन, नरेन्द्र मोदीलाई देउ ।’ अब मोदी सरकार देशको नारा बन्यो र जुन सत्य सावित भयो ।














प्रतिक्रिया