तनहुँ । उपभोक्ता अधिकारको क्षेत्रमा योगदान पुर्याए वापत तनहुँ जिल्ला अदालतका न्यायधिस उमेश कोइराला, निमित्त प्रमुख जिल्ला अधिकारी सरदकुमार पोख्रेल र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई सम्मानित भएका छन् ।
नेपाल सरकार, बाणिज्य तथा आपुर्ती व्यवस्थापन विभागसँगको सहकार्यमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले शुक्रबार दमौलीमा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रमको अवसरमा बाणिज्य तथा आपुर्ती व्यवस्थापन विभागका निर्देशक हरिनारयण वेल्वासे, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानिया र मञ्च तनहँुका अध्यक्ष सीतराम बजगाँईले उनीहरुलाई सम्मान गरेका थिए ।
उपभोक्ता हित, संरक्षणः व्यवहार र चुनौती’ विषयक पुस्तक लेखक एवं जिल्ला अदालत तनहँुका न्यायधिश कोइराला, यस बर्षको उपभोक्ता दिवसको अवसरमा उत्कृष्ट बजार अनुगमन संयोजक घोषित तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोख्रेल र पत्रकारिता र मानवअधिकारको माध्यमबाट उपभोक्ता अधिकार संरक्षणमा योगदान दिएका भट्टराईलाई सम्मान गरिएको मञ्चका महासचिव ज्योती वानियाले बताए ।
न्यायधिस कोइरालाले पुस्तक मार्फत उपभोक्तालाई सचेत गराएको, सहायक प्रमुख जिल्ला अधिकारी पोख्रेलले बजार अनुगमन तिब्र पारी स्वच्छ बजार र सेवामा सर्वसाधरणको पहुँच स्थापित गराउन सहयोग गरेको र भट्टराई उपभोक्तालाई आफ्नो अधिकारी प्रति सचेत गराएको हुँदा सम्मान गरिएको मञ्चले जनाएको छ ।














प्रतिक्रिया