२८ आश्विन २०८३, बुधबार

जेठ १६ गते बजेट अधिवेशन आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-baran-yadav

काठमाडौ । राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका संसदको बैठक आह्वान गरेका छन् ।

राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार डा. यादवले जेठ १६ गते शुक्रबारका दिन संसद बैठक बोलाएका हुन् । प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार राष्ट्रपतिलाई पत्र लेखेर संसद बैठक आह्वानका लागि आग्रह गरेका थिए । संवैधानिक प्रावधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान गर्नु पर्छ ।

‘नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा २०७१ साल जेठ १६ गते शुक्रबारका दिन एक बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा व्यवस्थापिका–संसदको अधिवेशन आह्वान गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो अधिवेशनलाई बर्षे अर्थात बजेट अधिवेशन पनि भन्ने परम्परा छ । अधिवेशनमा सरकारले नयाँ बजेट पेश गर्ने छ । अर्थमन्त्रालयले बजेटको तयारी समेत गरेको छ ।

संसद अधिवेशन आफूसँग सल्लाहनै नगरेर आह्वान गर्न पत्र लेखेको भन्दै अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्री कोइरालासँग असन्तुष्टि समेत जनाएका छन् । उनले बजेटको तयारी चलिरहेकाले हतारमा बर्षे अधिवेशन बोलाएको भन्दै असन्तुष्ट भएको स्रोतको भनाइ छ ।