२८ आश्विन २०८३, बुधबार

दुई माओवादीबीच एकता प्रयास सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-mohan-baidhya

काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा माओवादीबीच शुक्रबारबाट औपचारिक रुपमा एकता प्रयास सुरु हुने भएको छ ।

दुई माओवादीका मध्यमार्गी नेताहरुले शुक्रबारबाट औपचारिक रुपमा पार्टी एकताको छलफल अगाडि बढाउन थालेका हुन् । एकताका लागी मोहन वैद्य नेतृत्वको माओवादीले राखेको ६ बुंदे प्रस्तावमाथि दुवै पक्षका नेताहरुले छलफल गर्ने भएका छन् ।

मध्यमार्गी नेताहरुले प्रस्ताव माथि छलफल गरेपछि शीर्ष नेताहरुबीच पुनः छलफल हुने नेकपा माओवादीका सचिव देब गुरुङले जानकारी दिनुभयो ।

एमाओवादीका अध्यक्ष प्रचण्डले मोहन वैद्यलाई अध्यक्ष बनाउन राखेको प्रस्ताव स्वागत योग्य भएपनि बाबुराम भट्टराईलाई बाइपास गर्ने नीति भने नभएको बताउनुभयो ।