काठमाडौं । सर्वोच्च अदालतमा संसदीय विशेष सुनुवाईको निर्णय बिरुद्ध रिट दायर भएको छ ।
समितिले न्यायाधीश नियुक्ति गर्न सिफारिस गर्ने निकाय न्यायपरिषदका सदस्यहरुलाई बोलाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर भएको हो ।
अधिवक्ता शिवप्रसाद पण्डितले रिट दायर गरेका हुन् । उनले दायर गरेको रिटमा व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समिति, संविधानसभा सचिवालय सहित ५ पक्षलाई विपक्षी बनाइएको छ ।
न्यायपरिषदले संसदीय सुनुवाई गर्नका लागि पुनरावेदन अदालतका ८ जना न्यायाधीश सिफारिस गरेको थियो ।













प्रतिक्रिया