काठमाडौं । एमालेका कार्यबाहक अध्यक्ष समेत रहेका गृहमन्त्री बामदेव गौतमले न्याय परिषद सदस्य खेमनारायण ढुंगानालाई आफूले पार्टी मुख्यालय बल्खुमा बोलाएको बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) बसेको संसदीय दलको बैठकमा गौतमले एमाले मुख्यालय बल्खुमा परिषदका सदस्य ढुङ्गानालाई शुभचिन्तकका रुपमा बोलाएको बताए ।
‘उनलाई परिषद सदस्यका रुपमा होइन की, पार्टीको पूरानो नेता र खेमनारायण ढुंगाना एउटा व्यक्तिका रुपमा बल्खुमा बोलाएको हो’, गौतमले भने ।
कार्यबाहक अध्यक्ष गौतमले न्याय परिषदका सबै सदस्यहरुलाई संसदीय सुनुवाई विशेष समितिमा बोलाउने निर्णय कार्यान्वयन नगर्न आफ्ना सभासदहरुलाई निर्देशन दिए ।
उनले समितिका सदस्यहरुसँग छलफल गर्ने निर्णय न्यायपालिकाको स्वतन्त्रतासँग मेल नखाने बताए ।













प्रतिक्रिया