२८ आश्विन २०८३, बुधबार

संस्थापन पक्षको आग्रह भट्टराईद्धारा अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal n Baburamकाठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले केन्द्रीय समितिमा फर्कन गरेको आग्रह पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले अस्वीकार गरेका छन् ।

ललितपुरको सानेपास्थित भट्टराईकै निवासमा आज (बिहीबार) भएको छलफलमा अध्यक्ष दाहाल र प्रभावशाली नेताहरुसँग उनले केन्द्रीय समितिमा नफर्कने दोहराएका हुन् । असन्तुष्ट नेता भट्टराईलाई फकाउन दाहालसहितका नेताहरु सानेपा पुगेका थिए ।

संस्थापन पक्षसँग असन्तुष्ट बनेका भट्टराईले विराटनगर सम्मेलन पछि केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका थिए । भट्टराईको घोषणासँगै उनी निकटका नेताहरु पनि केन्द्रीय समितिमा बस्न मानेका छैनन् । भट्टराईको असन्तुष्टिले अध्यक्ष दाहाललाई ठूलो संकट बढाएको छ ।

बैठक पछि पत्रकारसँग कुरागर्दै संसदीय दलका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले केन्द्रीय समितिमा बस्न भट्टराई सकारत्मक रहेको बताए । ‘केन्द्रीय समितिमा बस्न उहाँ सकात्मक हुनुहुन्छ,’ पोखरेलले भने, ‘आउँदै आउँदिन भन्नुभएको छैन । आशा गरौं आउनुहुन्छ होला ।’

नेता भट्टराईले केन्द्रीय समितिमा बस्न भट्टराईले फरक मतको सम्मान हुनुपर्ने, युद्धकालीन पार्टी संरचना, कार्यशैली र कार्यदिशा परिवर्तन हुनुपर्ने सर्त राखेको पोखरेलले बताए । उनले भने, ‘भट्टराईका सर्तबारे पार्टीमा छलफल गर्ने सहमति भएको छ ।’

बैठकमा अध्यक्ष दाहालका साथै पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वमहासचिव पोष्टबहादुर बोगटी, नेता कृष्णबहादुर महरा र संसदीय दलका प्रमुख सचेतक पोख्रेलको सहभागिता रहेको थियो ।