२८ आश्विन २०८३, बुधबार

लोकतन्त्रसहितको संविधान छिट्टै : कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaलुम्बिनी । प्रधानमन्त्री सुशील कोइरालाले मुलुक शान्ति, स्थायित्व र लोकतन्त्रसहितको संविधानको बाटोमा अग्रसर रहेको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले २५५८ औँ बुद्ध जयन्तीको अवसरमा आज (बुधबार) बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा शान्ति, अमन चयन कायम गरेर देखाउन हामी सबैले बुद्धको शान्ति र अहिंसाको उपदेशलाई आत्मसात गर्नु पर्ने बताए ।

उनले शान्ति, स्थायित्व र लोकतन्त्र सहितको बाटोमा देशलाई पु-याउन सम्पूर्ण नेपाली जनताको सहयोग आवश्यक रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले लुम्बिनीको विकासका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय लालायित रहेको बताउँदै यसका लागि शान्ति र स्थायित्व आवश्यक रहेको दोहो-याए ।