चितवन । नेपाल निजामती कर्मचारी युनियनको छैटौ राष्ट्रिय महाधिवेशनले पुनः सुवोधकुमार देवकोटालाई अध्यक्षमा चयन गरेको छ ।
देवकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, श्रेणीविहीन उपाध्यक्ष, सचिव, क्षेत्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका लागि भने मंगलबार मतदान भएको थियो ।
वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद पोखरेल र महिला उपाध्यक्षमा दुर्गादेवी आत्रेय विजयी भएका छन् । मधेसी उपाध्यक्षमा मनोजकुमार तिवारी निर्विरोध निर्वाचित भए ।
श्रेणीविहीन उपाध्यक्षमा शङ्कर पुरी, महासचिवमा जीतवहादुर मडै, सचिवहरुमा दुर्गाप्रसाद फुयाँल, राजुप्रसाद उप्रेती, राजेन्द्र बुढाथोकी र सुवासकुमार कोइराला विजयी भएका छन् ।
चार जना सचिवका लागि १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगतवहादुर मगर निर्विरोध निर्वाचित भए ।
कोषाध्यक्षमा नवलबहादुर मल्ल, क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलबाट दीपेन्द्रकुमार खत्री, पश्चिमाञ्चलबाट जयश्वर पन्थी, मध्यपश्चिमाञ्चलबाट विष्णुदत्त रेग्मी, मध्याञ्चलबाट प्रदीपकुमार श्रेष्ठ, सुदूरपश्चिमाञ्चलबाट प्रेमबहादुर निदाल र केन्द्रीयस्तरका कार्यालयका तर्फबाट तेजकुमार केसी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
महाअधिवेशनले ७० सदस्य कार्य समिति निर्वाचित गरेको छ । महाधिवेशनको गत आइतबार प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गरेका ।













प्रतिक्रिया