२८ आश्विन २०८३, बुधबार

अस्वस्थ्य मासु खुवाउने होटल व्यवसायी प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dadeldhura

डडेल्धुरा । डडेल्धुराको जोगबुडा गाविस लालढुङ्गा बजारमा रहेको पूर्णीमा होटेल एण्ड लजका मालिक ईश्वरी जोशी र मासु व्यापारी वीरबहादुर माललाई प्रहरीले पक्राउ गरेको छ ।

अस्वस्थ्य मासु उपभोक्तालाई खुवाएर ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय जोगबुढाले उनीहरुलाई गिरफ्तार गरेको हो ।

होटल मालिक जोशी र मासु व्यापरीको मिलोमोतोमा आफूहरूलाई रेविज लागेको बाख्राको मासु खुवाएको भन्दै १८ जना उपभोक्तहरूले वैशाख २७ गते इलाका प्रहरी कार्यालय जोगबुडामा किटानी जाहेरी दिएपछि दुवै जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजदेव खतिवडाले जानकारी दिए ।

होटल साहु जोशीले रेविज लागेको बाख्राको मासु होटेलमा आएका उपभोक्तालाई वैशाख २० गते देखी २३ गतेसम्म खुवाएको भन्दै इलाका प्रहरी कार्यालय जोगबुडामा किटानी जाहेरी दिएका थिए ।

बाख्रालाई तीन पटक रेविजको सुई लगाउँदा पनि ठीक नभएको थाहा पाउँदा समेत उक्त बाख्राको मासु ग्राहकलाई खुवाएको जोशीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अस्वस्थ मासु खाएर बिरामी परेका नौ जनालाई रेविज विरुद्धको ईन्जेक्सन लगाएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका डाक्टर प्रभात राजपुतले बताए ।