२८ आश्विन २०८३, बुधबार

प्रेस युनियनको अध्यक्षमा दवाडीको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

damodar_dawadi

काठमाडौं । नेपाल प्रेस युनियनको भावी अध्यक्षका लागि दामोदरप्रसाद दवाडीले उम्मेदवारी घोषणा गरेका छन् ।

युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका दवाडीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

युनियनको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष बद्री सिग्देल, गंगाधर पराजुली, महासचिव शिव लम्साल र उपमहासचिव बाला अधिकारी पनि आकांक्षी छन् ।

नेपाल पत्रकार महासंघको २४औं महाधिवेशनपश्चात नेपाल प्रेस युनियनको ८ औं महाधिवेशन चटारो सुरु भएको हो ।

नेपाल पत्रकार महासंघमा झिनो मतको अन्तरले पराजित भएपछि प्रेस युनियन संगठन सुदृढीकरणसँगै महाधिवेशनमा होमिएको छ ।

आगामी असार ७ र ८ गते हुने आठौं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ । विभिन्न पदमा सामाजिक सञ्जालमार्पmत उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसअघि इटहरीमा सम्पन्न सातौं महाधिवेशनमा माउ पार्टी नेपाली काँग्रेसले हस्तक्षेपकारी भूमिका खेल्दा वर्तमान कार्यसमिति सबैतिरबाट आलोचित हुन पुग्यो । जसका कारण वर्तमान अध्यक्ष किरण पोखरेलले दुई पटकसम्म राजनीमा दिएका कारण युनियन लथालिंग अवस्थामा पुगेको छ ।

राजीनामा दिएर बसेका अध्यक्ष पोखरेलले अहिलेका कार्यसमितिबाट कसैलाई पनि अध्यक्ष नबनाउन पार्टीलाई सुझाव दिइरहेको बताइएको छ ।

भूपेन्द्र आचार्य