२८ आश्विन २०८३, बुधबार

जाजरकोटमा युवाहरुबीच ग्याङफाइट, एकको मृत्यु, तीन घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_district

जाजरकोट । रुकुमको पुर्तिमकाँडा गाविसको छेपारेस्थित जिप काउन्टरमा भएको झडपमा परी जाजरकोट लहाँ–६ का लक्ष्मण विकको मृत्यु भएको छ ।

लहाँ–६ कै विवेक रावल, गणेश बोहरा र खलङ्गाका विवेक शाह गम्भीर घाइते भएका छन् । आइतबार राति १० बजे रुकुम र जाजरकोटको बीचमा पर्ने छेपारेमा झडप भएको थियो । अहिले सो ठाउँको अवस्था तनावग्रस्त भएका कारण ठूलो मात्रामा रुकुम र जाजरकोटका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जाजरकोटबाट गएका युवाको टोली र रुकुम पुर्तिमकाँडाको छेपारेमा रहेका युवाको बीचमा झडप परेको हो । विगतदेखि नै यी दुई ठाउँका युवाबीच झडप हुँदै आएको छ । केही समयअगाडि जाजरकोट लहाँका युवाहरुले छेपारेमा गएर जिप काउन्टरमा आगो लगाउनुका साथै स्थानीय युवाहरुमाथि कुटपिट गरेका थिए ।