२८ आश्विन २०८३, बुधबार

जिल्ला दौडाहामा रहेका गणेश लामाले भने- ‘आरोप प्रमाणित भए फाँसी चढ्न तयार छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Lama

प्रकाशचन्द्र भट्टराई

तनहुँ । चर्चित डन गणेश लामाले आफूमाथि लागेको अभियोग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

तनहुँ सदरमुकाम दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै लामाले आफूमाथिको आरोप प्रमाणित भए फाँसीमा चढ्न तयार रहेको समेत बताए ।

सुध्रन खोज्दा पनि प्रहरीले बारम्बार दुःख दिएको उनले बताए । ‘म आफ्नो विगत बिर्सन चाहन्छु । मलाई समाज र राज्यले सुध्रिने मौका दिनुपर्छ ।,’ लामाले भने, ‘म विगतमा नराम्रो काममा थिएँ, अब त्यस्तो काम गर्दिन ।’

लामाले युवाहरुलाई कसरी रचनात्मक काममा लगाउन सकिन्छ भनेर जिल्ला भ्रमण गरिरहेको बताए । आफू नराम्रो कामबाट नभई अब राम्रो कामबाट चिनिन चाहेको उनले बताए ।

लामा पूर्वगृहमन्त्री विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत छन् । गुण्डागर्दी गरेर सरकारी ठेक्का कब्जा गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा उनीमाथि विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

लामालाई केही साता अघि काठमाडौं प्रहरीले पक्राउ गरी छाडेको थियो । अहिले उनी युवाहरुलाई रचनात्मक काममा लगाउने भन्दै जिल्ला दौडाहामा छन् ।