२८ आश्विन २०८३, बुधबार

यार्सागुम्बा खोज्न जाँदा १५ दिन हिमालमा अलपत्र

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kagmara_moonlight

डोल्पा । डोल्पाको उत्तरी भागमा पर्ने काइगाउँ गाविसको कागमारा हिमालमा १५ दिन अघिदेखि हिउँमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएकामा जुम्ला जिल्ला हाँकु गाविसका २२ वर्षिय खड्ग केसी र २४ वर्षिय मुन केसी रहेका छन् । उनीहरु यार्सागुम्बा संकलनका लागि उक्त हिमालमा पुग्दा हिउँमा भासिएर फसेका थिए । उनीहरुलाई अथक प्रयासपछि छार्का गाविसका स्थानीयले उद्धार गरेको विरामीका आफन्त विष्णुकान्त न्यौपानेले बताउनुभयो ।

उद्धार गरिएका दुई जनामध्ये खड्ग केसीको अवस्था गम्भीर भएकाले उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ भने अर्का घाइते मुन सामान्य उपचारपछि घर फर्किएका छन् ।