२८ आश्विन २०८३, बुधबार

पत्रकार महासंघका मध्यपश्चिम संयोजक गैरेलाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalak-gaire-samman1

बाँके । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं क्षेत्रीय संयोजकका झलक गैरेलाई बाँके शाखाले स्वागत सम्मान गरेको छ ।

शनिबार महासंघको बाँके शाखाले औपचारिक कार्यक्रम गरी नवनिर्वाचित केन्द्रीय सदस्य एवं क्षेत्रीय संयोजक गैरेलाई स्वागत, सम्मान तथा
अभिनन्दन गरेको हो । 

शाखाका पूर्व सभापति समेत रहेका गैरेलाई शाखा अध्यक्ष रुद्र सुवेदी, संस्थापक अध्यक्ष लियाकत अली, प्रेस स्वतन्त्रता सेनानी एवं पूर्व अध्यक्ष पन्नालाल गुप्त लगायत जिल्लाका दर्जनौं पत्रकारहरुले फुलमाला, अबिर र खादा, दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । 

कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य मोहम्मद हारुन, जनक नेपाल, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र काफ्ले, जिल्ला अध्यक्ष भेषराज बस्नेत, क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष चिरञ्जीवि ओली, प्रगतिशील पत्रकार संघका अध्यक्ष अशोक विष्ट, क्रान्तिकारी पत्रकार संघका सचिव हेमन्त चौधरी, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी, पार्षद्हरुका तर्फबाट एबिसीका ब्यूरो प्रमुख शरण कर्माचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा नवनिर्वाचित मध्यपश्चिम क्षेत्रीय संयोजक एवं केन्द्रीय सदस्य झलक गैरेले आफु सधै पत्रकार हकहितका लागि तत्पर रहने बताए । 

Jhalak-gaire-samman