२८ आश्विन २०८३, बुधबार

सभासद् चाहियो भन्दै बालुवाटार पुगेकी काँग्रेस कार्यकर्ता रातभर थुनिइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arati-karki-police

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगेकी एक काँग्रेसी कार्यकर्ता रातभर प्रहरीको चिसो छिँडीमा सुत्न बाध्य भएकी छिन् ।

प्रधानमन्त्री निवास वालुवाटारका सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बर्दियाकी काँग्रेस कार्यकर्ता आरती कार्की प्रहरी खोरमा पुगेकी हुन् ।

प्रधानमन्त्री कोइरालालाई भेट्न शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास पुगेकी कार्कीले भेट्न नपाएको झोंकमा महिला प्रहरी जवान अञ्जु श्रेष्ठ र नेपाली सेनाका सुवेदार भीमबहादुर थापा लगायतलाई हातपात गरेकी थिइन् । सुरक्षाकर्मीकै उजुरीका आधारमा कमलपोखरी प्रहरी वृत्तले उनलाई थुनेको थियो । तर, काँग्रेस नेताहरुको दबाबमा शनिबार उनलाई छाडिएको छ । प्रधानमन्त्रीको निजी सचिवालयको दबाबमा सुरक्षाकर्मीहरुले कार्कीमाथिको उजुरी फिर्ता लिएका छन् ।

कार्की काठमाडौंको एक मेडिकल कलेजमा माइक्रो बायोलोजी विषय पढाउँदै आएकी छिन् । सरकारले संविधानसभामा मनोनित गर्ने २६ जनाको कोटामा पार्न दबाब दिन उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेकी थिइन् ।

कमलपोखरी प्रहरी वृत्तका डीएसपी मुकेश सिंहका अनुसार, सुरक्षाकर्मीसँग माफी मागेपछि मेलमिलापको कागज गराएर कार्कीलाई छाडिएको हो ।