२८ आश्विन २०८३, बुधबार

सुनसरीमा सवारी दुर्घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी । शुक्रबार राति सुनसरीमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेका दुई जनाको मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार साँझ को १ प ७१५५ नम्वरको मोटरसाइकल र मे १ ज १६११ नम्बरको कार पूर्व पश्चिम राजमार्गअन्तर्गत इटहरीमा–५ मा जुध्दा मोटरसाइकलमा यात्रारत मोरङ सुन्दरपुरका ७० वर्षीय धनप्रसाद भण्डारीको मृत्यु भएको हो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो ।

यसैगरी धरानबाट इटहरीतिर आउँदै गरेको ना ४ ख ४९४८ नम्बरको ट्याङ्करले धरान–८ का गोपाल भुजेललाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।

भुजेललाई ठक्कर दिने ट्याङ्कर र चालकलाई तरहरा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।