भैरहवा । भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका ४० घण्टा बन्द हुने भएको छ ।
आइतबार बिहान ७ बजेदेखि २९ गते राति ११ बजेसम्म सीमा नाका बन्द हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
उत्तर प्रदेशको सीमावर्ती जिल्ला महाराजगन्ज र सिद्धार्थनगरमा हुने वैशाख २९ को लोकसभा निर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको हो ।
सीमा बन्द अवधिमा पैदलयात्री, यातायातका साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक न्यौपानेले दिनुभयो ।














प्रतिक्रिया