पोखरा । कास्की जिल्लामा यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको छ ।
जिल्लाका ४३ गाविस र दुई नगरपालिकामा ७९ हजार ३६८ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रचारप्रसार अधिकृत निलकण्ठ कोइरालाले बताउनुभयो ।
गत वर्ष जिल्लामा ७८ हजार २५६ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा यस वर्ष २६.५० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । जिल्लाका धेरैजसो ठाउँमा चैते र बर्खे धान लगाइने गरिएको छ ।
समयमै रासायनिक मल पाइनु, धान रोप्ने समयमा वर्षा हुनु, हुरी बतास र असिना नपर्नु, बाढी पैरो जस्ता प्राकृतिक विपत्ति नभएकै कारण यस वर्ष धान उत्पादनमा वृद्धि भएको बताइएको छ ।
कृषकले जेठो बुढो, गुर्दी, मन्सरा, पहेले, मन्सुली, खुमल, माछापुच्छ«े र राधा ७ र ९ जातका धान लगाउने गरेको पाइन्छ ।
जिल्लाका शिसुवा, लेखनाथ, पामे, ठूलाखेत, कुडहर, बिरुवा, अर्मला, भलाम, आर्वा, हेम्जा, पस्र्याङ, भरत पोखरीका ठूला फाँटहरूमा धानखेती गरिने गरिन्छ ।
जिल्लाका सबै गाविस र नगरपालिकामा धानखेती गरिने कार्यालयले जनाएको छ ।












प्रतिक्रिया