२८ आश्विन २०८३, बुधबार

जाजरकोटमा जमिन मुनि गाडिएको १ सय ६० वटा बन्दुक भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

banduk-police

जाजरकोट । जाजरकोटमा जमिन मुनि गाडिएको अबस्थामा एक सय ६० वटा बन्दुक फेला परेको छ ।

इलाका प्रहरी कार्यालय खगेनकोट दल्लीको भवन निर्माणस्थल नजिकै स्काभेटरले खनिरहेको बेला शुक्रबार विहान १ सय ६० थान भरुवा वन्दुक फेला परेको हो ।

साँढे दुई मिटर तल गाडिएको अबस्थामा बन्दुक भेटिएको स्थानिय गणेश वहादुर वोहराले जानकारी दिनु भएको छ । बन्दुक कसले लुकाएको थियो भन्ने बारे केही खुलेको छैन ।