२८ आश्विन २०८३, बुधबार

नेविसंघको महाधिवेशन चाँडैः मन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman Sing

इलाम । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले नेपाल विद्यार्थी संघमा बलभन्दा पनि विचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ इलामद्वारा प्रकाशित प्रथम शैक्षिक भित्तेपात्रोको शुक्रबार बिहान लोकापर्ण गर्दै मन्त्री सिंहले नेविसंघमा वर्षाैंदेखि अधिवेशन नभई विचारभन्दा बल हाबी भइरहेको सन्दर्भमा चाँडै महाधिवेशन गर्ने बताउनुभएको हो ।

नेविसंघले प्रजातन्त्र, लोकतन्त्र प्राप्तिमा अहम भूमिका खेलेको भन्दै उहाँले भन्नुभयो “नेविसंघ अब देशकै ठूलो विद्यार्थी संगठन बन्छ” ।

नेविसंघ जिल्ला कार्यसमितिका सभापति डिकेन्द्र इदिङ्गोको सभापतित्वमा भएको कार्यक्रममा सभासद्द्वय केशव थापा र सुजाता परियार, नेविसंघका जिल्ला उपाध्यक्ष प्रकाश भट्टराईलगायतले नेविसङ्घको रचनात्मक क्रियाकलापको प्रशंसा गर्नुभएको थियो ।