२८ आश्विन २०८३, बुधबार

मागअनुसारको अलैँचीको बिरुवा नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aalaichiधनकुटा । कोसी पहाडका किसानले यो वर्ष पनि मागअनुसारको अलैँचीको बिरुवा नपाउने भएका छन् ।
धनकुटाको पाख्रिबासस्थित व्यावसायिक कृषि अनुसन्धान केन्द्रले अलैँचीको बिरुवाको माग पूरा गर्न नसक्ने बताएपछि नयाँ बगान बिस्तार गर्ने किसानको योजना अधुरै रहने भएको छ ।

यस वर्ष करिब ६५ हजार बिरुवा उत्पादन गरिएको केन्द्रमा अहिले किसानबाट तीन लाख ५० हजारभन्दा बढी बिरुवाको माग आएको छ । धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लाबाट बिरुवाका लागि आवेदन दर्ता गराउने किसानको सङ्ख्या बढी मात्रामा रहेको कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख रामनारायण चौधरीले बताए ।

फ्यूजारेम, राइजोक्टोन र सेफालोस फोरियमजस्ता ढुसीजन्य रोगको प्रकोप झेलिरहेका किसानले प्रतिव्यक्ति २० हजारसम्म बिरुवा माग गरेका छन् । स्रोत साधनको सीमितताका कारण मागअनुसार बिरुवा उत्पादन गर्न नसकिएको बताउँदै केन्द्रका अधिकारीले किसानलाई दामासाहीले बिरुवा बाँढ्ने तयारी गरेका छन् ।

केन्द्रले बियाँ र तन्तु प्रविधिबाट रामसाई, गोलसाई, डम्बरसाई, साउने र भार्लाङ्गे जातका अलैँचीका बिरुवा उत्पादन गर्दै आएको छ ।