२८ आश्विन २०८३, बुधबार

अस्पतालमा नै गरे बिरामीले आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-suicide

दमक । झापा दमकस्थित आम्दा अस्पतालमा एक बिरामीले मंगलबार बिहान आत्महत्या गरेका छन् ।

बेलडाँगी– १ सेक्टर बी वान छाप्रा नं ८४÷८५ का  क्षयरोगका बिरामी ३६ वर्षीय कीर्तिमान राईले उपचार क्रममा बिहान आत्महत्या गरेका हुन् ।

क्षयरोगको उपचार गरिरहेको  कोठा नम्बर १२ मा कुरुवा नभएको बेला उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मङ्गलबारेको  प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको  प्रहरीले जनाएको छ ।

चार महिनाअघिदेखि अस्पतालमा बसेर क्षयरोगको औषधि खाइरहेका राई सोमबार मात्र घर गएर आएको उनका दाजु कुबेरप्रसादले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा नवीन ढकालले मानसिक तनावका कारण बिरामीले आत्महत्या गरेको हुन सक्ने बताउनुभयो ।