रुकुम । रुकुम जिल्लामा बहुमूल्य बुटी यार्सा टिप्ने याम सुरु भएको छ । रन्मामैकोट गाविसमा पाइने यार्सा सङ्कलनका लागि शुक्रबारदेखि रसिद वितरण थालिएको छ ।
यार्सा व्यवस्थापन समितिका अनुसार आजदेखि सुरु भएको यार्सा सङ्कलन र व्यापारिक रसिद वितरण गर्ने काम यही महिनाको अन्त्य सम्म जारी रहनेछ । यस वर्ष यार्सा सङ्कलन गर्ने सर्वसाधारणका लागि तीन हजार र व्यापारीका लागि १५ हजार प्रवेश शुल्क तोकिएको समितिका अध्यक्ष नन्दजित पुनले जानकारी दिए ।
सर्वसाधारणका लागि रसिद वितरण गर्न समितिले शुक्रबार गाउँगाउँमा टोली खटाएको छ । रन्मामैकोटका विभिन्न ठाउँमा रसिद वितरणका लागि टोली पठाइएको अध्यक्ष पुनले बताए ।
यस वर्षदेखि स्थानीय जनता बाहेक बाहिरका व्यापारीले यार्साको व्यापार गर्न नपाउने निर्णय पनि समितिले गरेको छ ।













प्रतिक्रिया