२८ आश्विन २०८३, बुधबार

प्रेस स्वतन्त्रताको निर्वाध प्रयोग आवश्यक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra Rijalकाठमाडौं । सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले नेपालमा प्रेस स्वतन्त्रताको निर्वाध प्रयोग र अभ्यासका लागि आवश्यक वातावरण कायम राख्न नेपाल सरकार सदैव प्रतिबद्ध रहने बताएका छन् ।

 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज (शनिबार) शुभकामना सन्देश दिंदै मन्त्री रिजालले प्रेस स्वतन्त्रता लोकतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भ भएकाले यसको पूर्ण संरक्षण र प्रबद्र्धन हुनुपर्ने बताए ।

 

जिम्मेवार र उत्तरदायी पत्रकारिताको अभ्यासले मात्र प्रेस स्वतन्त्रतालाई सबल बनाउन सघाउने भएकाले जनताको सुसूचित हुन पाउने नैसर्गिक अधिकारको प्रचलनमा महत्वपूर्ण योगदान पु-याउँनु पर्ने उनले बताए ।

 

‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रचलनका क्रममा विभिन्न कठिनाइहरूसँग सङ्घर्ष गरेका र आफ्नो जीवनसमेत आहुती दिएका तमाम पत्रकारहरूप्रति उहाँहरूको उच्च योगदानको स्मरण गर्न चाहन्छु र उहाँहरूप्रति सम्मान अर्पण गर्दछु ।’ मन्त्री रिजालले भने ।

 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री रिजालले प्रेस स्वतन्त्रता सञ्चारकर्मीहरूको विशेष हक मात्र नभई सबै नागरिकको संविधानप्रदत्त मौलिक हकको उचित प्रयोग र उपभोगका लागि पनि सबैसँग आग्रह गरे ।

 

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको युनेस्कोले यस वर्ष ताकेको विश्व प्रेस स्वतन्त्रता दिवसको ‘उज्ज्वल भविष्यका लागि प्रेस स्वतन्त्रता : सन् २०१५ पछिको विकास लक्ष्यको स्वरूप निर्धारण’ नारा नेपालको सन्दर्भमा पनि सान्दर्भिक रहेको उनले बताए ।